नियम १०
खाताको सञ्चालन

(१) कोषको रकम समितिले कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन सदस्य–सचिव र मन्त्रालयको आर्थिक प्रशासन शाखामा काम गर्ने मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।